फिल्म ‘उचाइ’को सुटिङका लागि बलिउड कलाकार काठमाडौंमा, अमिताभ बच्चनको मुख्य भूमिका

फिल्म ‘उचाइ’को छायांकनका लागि अनुपम खेरलगायतका बलिउड कलाकारको टोली काठमाडौं आइपुगेको छ । 

उचाइको छायांकनका लागि अनुपम खेरसँगै परिणिती चोपडा, बोमन इरानी, सारिका हसनलगायतको टोली काठमाडौं आइपुगेको हो । कलाकार खेरले ट्विटरमार्फत काठमाडौं आइपुगेको जानकारी दिएका छन् । उनले नेपालमा छायांकन हुने यो चलचित्र उनको करियरको ५२०औँ चलचित्र रहेको बताएका छन् ।

फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ । सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको अभिनय रहने भए पनि उनीहरू भने आइपुगेका छैनन् ।