यसकारण राखिन्छ अफसोर कम्पनीमा अवैध धन

अफसोर कम्पनी गैरकानूनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानावाहिर स्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति  राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोर पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी कम्पनीहरुको एउटा जटिल सञ्जाल खुलासा गरेको छ ।

उदाहरणको लागि कोही व्यक्तिको नेपालमा सम्पत्ति हुन सक्छ । तर, अन्य देश वा अफसोरमा भएका कम्पनीको सञ्जालमार्फत उनीहरुले त्यसको स्वामित्व लिन्छन् । त्यसवापत उनीहरुले कर तिर्नुपर्दैन । 

कम्पनी खडा गर्न झन्झट नहुने तथा कानुन बमोजिम कम्पनीहरुको पहिचान सार्वजनिक नगर्ने देश वा कर नै नलाग्ने वा लागे पनि न्यून लाग्ने देशमा अफसोर कम्पनी खडा गरिएका हुन्छन् ।  त्यही भएर यी गन्तव्यलाई ‘ट्याक्स हभेन’ भनिएको हो । 

ट्याक्स हेभेन मुलुकको निश्चित सूची छैन् । तर, महत्वपूर्ण गन्तव्यमा व्रिटीश ओभरसिज टेरिटोरी, क्याम्यान आइल्यान्ड र व्रिटीश भर्जिन आइल्यान्ड, स्वीटजरल्यान्ड र सिंगापुर आकर्षक गन्त्वय हुन् ।