ओरियन्टल होटल्सको एजीएम आज

ओरियन्टल होटल्सको म‌ंगलबार साधारणसभा (एजीएम) बस्दै छ । सभा कम्पनीको रजिष्टार कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । नाफा–नोक्सानलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ । यसवर्ष ओरियन्टलले लाभांशसम्बन्धी भने कुनै प्रस्ताव पेस गर्ने छैन । साधारणसभा प्रयोजनार्थ ओरियन्टलले ४-१९ असोजसम्म बुक क्लोज गरेको छ । ३ असोजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।