सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा

सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको लघुवित्तको ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर वितरण भएपछि चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ।