जर्सिङपौवामा ८ करोड लागतमा जीपलाइन

राजधानीको पर्यटकीय गन्तव्य जर्सिङपौवामा ८ करोड लागतमा जीपलाइन सञ्चालनमा आउने भएको छ ।

शंखरापुर नगरपालिकाकाले मणिचुटदेखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जीपलाइन बनाउन शिलान्यास गरिएको छ । नर्सिङपौवा जीपलाइन प्रालीका सञ्चालक नविन हुमागाईँका अनुसार अबको ६ महिनाभित्र सेवा सञ्चालनमा आउने छ ।

जीपलाइनले मणिचुट धार्मिक र जर्सिङपौवा रमणीय क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत गर्ने शंखारापुर नगरपालिकाका मेयर सुवर्ण क्षेष्ठले बताए । 

मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मूर्तिको निर्माण भइरहेको छ भने धार्मिक कुण्ड रहेको छ ।