नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । बोहराले प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै जिल्ला सभापतिमा जित हासिल गरेका हुन् ।

बोहरा ८७७ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश भण्डारी ५०८ मत ल्याएका थिए । यस्तै उपसभापति बर्क रोकाया र मानबहादुर कठायत विजयी भएका छन्। सचिवमा उत्तम रोकाया र झलक कठायत विजयी भएका छन् ।

सहसचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भएका छन् । दलिततर्फ सहसचिवमा सुनिल दमाई र मङल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह विजयी भएका छन् ।