लिम्बुवान मञ्च छथर गाउँपालिका अध्यक्षमा तुम्खेवा

संघीय लोकतान्त्रिक मञ्च संघीय लिम्बुवान मञ्च छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् ।  छथर गाउँपालिका कार्यसमितिको तेस्राे अधिवेशनले तुम्खेवाकाे अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा रामकुमार लिम्बु ,पवित्रा लिम्बु ,उदय विक, केशरमान मादेन र पूर्ण साँवा रहेका छन् ।  सचिवमा योगेन्द्र साँवा, सहसचिवमा गोपाल लिम्बु र अर्थसचिवमा टेकबहादुर लिम्बु चयन भएको केन्द्रीय सचिवालय सदस्य शंखरमान खेवाले जानकारी दिए । लिम्बुवानले पालिकादेखि जिल्ला अधिवेशन धमाधम गर्दै आएको छ ।