महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण गर्नका लागि लघुवित्तले १२ पुसदेखि बुकक्लोज गर्दैछन् । यसर्थ, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले संस्थाको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

महुलीले लाभांश वितरण र एफपिओ निष्काशन प्रस्ताव पारित गर्न २४ पुसमा नवौं वार्षिक साधारणसभा बोलाएको छ । सभा आफ्नो केन्द्रिय कार्यालय अग्निसाइर कृष्णासवरण, महुली, सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने, प्रिमियममा एफपीओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।