२९ असोज, काठमाडौँ ।
विहिबार काठमाडौँ जिल्लामा १७९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा गरी उपत्यकामा १ हजार ९३५ जनामा कोरोना संक्रमण देखिएको छ । विहिबार नेपालमा ३ हजार ७ सय ४९ जना संक्रमित थपिएका छन् । १६ हजार ५९८ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु देखिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
३ हजार ५६४ जना निको भएका छन् भने हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ८४ हजार ५१८ रहेको छ । ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । यसैविच वितेको २४ घण्टामा १९ जनाको निधन भएकोे छ । यो सँगै नेपालमा कोरोनाको कारण निधनहुनेहरुको संख्या ६९४ पुगेको छ ।