चियाको आम्दानी १४७ % ले वृद्धि, अलैंचीमा भने सुधार आएन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

असोज ३०, इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । गएको आर्थिक वर्ष २०७६/ ७७ को (साउन–भदौ) मा रू. ६४ करोड २३ लाख १ हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा रू.१ अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बताएको छ । केन्द्रको तथ्यांकअनुसार गएको आव २०७६/ ७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना र मौषमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउँछन् । उनी भन्छन्, ‘भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।’मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्यांक बढेको हुन सक्ने अनुमान गरिएको छ । चियाको निकासी सधैं अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ । वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्यांकमा फरक नपर्ने बताउँछन्, केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आव २०७४/ ७५ मा १ करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५/ ७६ मा १ करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्यांकले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

घट्यो अलैंची, अदुवामा सामान्य सुधार   – आर्थिक वर्षको शुरुमा अलैंचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्यांक भने सामान्य बढेको छ । गत आव २०७६/ ७७ (साउन–भदौ) मा रू. ११ करोड ८३ लाख ५० हजार मूल्यको अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा रू. १३ करोड ८४ लाख ७२ हजारको अदुवा निकासी भएको छ । केन्द्रको तथ्यांकअनुसार गत आव (साउन–भदौ) मा २२ लाख ५९ हजार ४३१ किलो अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा २८ लाख ७९ हजार १०० किलो निकासी भएको छ । अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कुल निकासीको शून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको छ । यता अलैंचीको तथ्यांकमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ । गएको आव २०७६/ ७७ (साउन–भदौ) मा रू.१ अर्ब २ करोड ५९ लाख ८९ हजारको अलैंची निकासी भएको छ भने यस आव २०७७/ ७८ मा रू. ९६ करोड ७ लाख १६ हजार मूल्यको निकासी भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७६/ ७७ (साउन–भदौ) मा १२ लाख ७५ हजार २९४ किलो अलैंची नेपालमा निर्यात भएकामा यस आव २०७७/ ७८ (साउन–भदौ) मा १२ लाख ८४५ किलो अलैंची निर्यात भएको केन्द्रको तथ्यांकले देखाउँछ । विभिन्न समस्याले अलैंचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ । कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैंची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । गत वर्षको अलैंची निकासी नभएको र यस वर्षको अलैंची उत्पादन भइसकेकाले पनि अलैंची सुधार नभएको अध्यक्ष कार्की बताउँछन् । यस्तै वर्षेनी अलैंचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैंची व्यवसायी महासंघका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ । पाँच वर्षअघि अलैंचीको मूल्य रू.१ लाखप्रति मन (४० किलो) भएकामा अहिले प्रतिमन रू. २० देखि ३० हजारको अनुपात छ । यसरी अलैंचीको विक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कुल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।  रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु