प्रयोग भइसकेको कण्डम बेच्ने गिरोहमा प्रहरीको छापा, तीन लाख बढी कन्डम बरामद

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ। प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो। उक्त गोदामको मालिक भन्ने ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ। ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको बताइन्छ। त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ। भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन्।अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन नसकेको बीबीसीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु