काठमाडौं । हरेक बर्ष जस्तै दशै तिहार अफरमा नेपालका गाडी बिक्रेताहरु लागि परेका छन् । कोरोना महामारी त्यसैमाथि लकडाउनको कारण भएको आर्थिक मन्दीले ब्यापार सोचेजस्तो उल्लासमय नभएपनि अटोमोबाएल कम्पनीहरु दशैतिहार अफरमा लागेका हुन् । यसविच जिओ फोर्ड अटोमोबाइल्स प्रालिले पनि बडादशै तथा तिहार लक्षित गरी विशेष छुट योजना ल्याएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यो वर्ष फोर्ड फेस्टिभ अफर अन्तर्गत ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्ध तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्नेछन् । जसमा नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निः शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् । स्क्रयाच कार्ड अन्तर्गत ग्राहकले बक्सबाट ३ वटा स्क्रयाच कार्ड छनौट गरी ४ लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्रयाच कार्डमा ग्यारेण्टी मूल्य २५ हजार रहेको र बढीमा यो एक लाख ५० हजारसम्म हुनेछ । यो अफर अन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्नेछन् ।



JUNGLE






from the
city



त्यस्तै कम्पनीको दोस्रो योजना इएमआई होलिडे रहेको छ । यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुछ्रे बैँक मार्फत् उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् । यसैगरी तेस्रो योजना स्थगित भुक्तानी डिफर्ड पेमेन्ट अन्तर्गत ग्राहकले ३०५ रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०५ को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछन् । बाँकी २०५ को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २०५ लाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्नुपर्ने छैन । यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध रहेको बताइएको छ ।