कोरोना सङ्क्रमणका कारण थप तीनजनाको मृत्यु

प्रतिकात्मक तस्वीर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाण्डौ । कोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जना र बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ । उनको गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत भइरहेको अस्पताले जनाएको छ । बाँकेमा पनि थप एकजना कोरोना सङक्रमणका कारण मृत्यु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ बर्षका पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उहाँलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । भर्ना गरिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा गएराति साढे एक बजे मृत्यु भएको अस्प्तालले जनाएको छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आउनु भएका एक महिलाको पनि मृत्यु भएको छ ।

कोरोना भाइरसको सङक्रमणका कारण गएराति ४४ बर्षका महिलाको मृत्यु भएको हो । मोरङको टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा रातिती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणका कारण आजसम्म मंगलबार १ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु