८ साउन, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।
हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।