एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि आइपिएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
राजस्थानको जितमा राहुल टेवाटिया ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए । सुरुवाती समय निकै सुस्त इनिङ खेलेको कारण आलोचना खेपेका राहुल अन्त्यमा जितको नायक बने । एक समय राजस्थानलाई जितका लागि ३० बलमा ८४ रन आवश्यक थियो । १८ औं ओभरमा राहुल तेवटियाले तीव्र गतिका बलर शेल्डन कटरेललाई एकै ओभरमा ५ छक्का सहित ३० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो । पाँचौ बलमा छक्का प्रहार गर्न चुकेपछि ६ बलमा ६ छक्का प्रहार गर्न चुकेका थिए । राजस्थानलाई अन्तिम १२ बलमा जितको लागि २१ रन आवश्यक परेको थियो । टेवाटियाले सुरुवाती १९ बलमा कुनै चौका छक्का प्रहार गर्न नसकी जम्मा ८ रन बनाएका थिए । उनले अन्तिम १२ बलमा ४५ रन जोड्दै कठिन बनेको जितलाई सम्भव बनाए ।