त्रिविका विद्यार्थीले घरनजिकैको क्याम्पसबाट परीक्षा दिने पाउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने जनाएपछि त्रिविले घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारी थालेको हो ।त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले पुनः लकडाउन गरे घरपायकको क्याम्पसमा भए पनि परीक्षा दिने व्यवस्था गर्न लागेको जानकारी दिए। उनले भने, ‘अहिले भौतिकरुपमै परीक्षा दिने व्यवस्था गरेका छौं, परिस्थिति बदलिएर पुनः लकडाउन भए सबै वैकल्पिक व्यवस्थासहित घरपायक परीक्षा दिने योजना बनाएका छौं ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्रिविको परीक्षा सञ्चालक समितिको बैठकले मंसिरमा परीक्षा गर्ने गरी सबै तयारी गर्न डीन कार्यालयलाई निर्देशन दिएको थियो । डीन कार्यालयले सबै क्याम्पसलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएसकेको छ । डीन कार्यालयले सबै क्याम्पसका विद्यार्थीको अवस्थाबारे जानकारी लिइसकेको छ । कुन विद्यार्थी कहाँ छन् लकडाउन खुलेसँगै राजधानी वा क्याम्पससँग सम्पर्क गरेका छन् कि छैनन्लगायतका विषयमा समेत अध्ययन भइरहेको जानकारी गराउँदै रजिस्ट्रार दाहालले भने, ‘दशैंअघि यथार्थ विवरण आएपछि मोडलको बारेमा जानकारी दिनेछांैँ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पनिकाले अनलाइन वा अन्य विश्वविद्यालयकै जस्तै निश्चित समय दिएर ओपन बुक मोडलमा परीक्षा लिने तयारीसमेत गरेको छ । यो मोडलमा परीक्षा हुनु केही मिनेटअघि क्याम्पसले इमेलबाट प्रश्नपत्र पठाउने र विद्यार्थीले तोकेको अवधिमा फोटो खिचेर वा स्क्यानिङ गरी उत्तरपुस्तिका पठाउनुपर्ने हुन्छ । परीक्षाका प्रमुखसमेत रहनुभएका रजिस्ट्रार दाहालले पहिलो चरणमा स्नातकोत्तर तहका करिब २५ हजार विद्यार्थीको परीक्षा लिने विषयमा छलफल भइरहेको उल्लेख गरे।

उनले प्राइभेट, एमपीए र राजनीतिशास्त्रका अन्तिम वर्षका विद्यार्थीको संख्या अधिक भएकाले पहिलो चरणमा सो तहको परीक्षा लिनुपर्ने बताए । तर परीक्षाका वैकल्पिक विधि अपनाउन नसक्दा भदौदेखि सञ्चालन गरिने भनेको परीक्षा अझै अनिश्चित कायमै छ । त्रिवि प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक वसन्त ढकालले ५ महिना पुगिसक्दा पनि परीक्षा सञ्चालन गर्न नसक्नु परीक्षा नियन्त्रण कार्यालयको चरम लापरबाही भएको आरोप लगाए ।

उनले भने, ‘अहिले मुलुकभर करिब १८ हजारको संख्यामा सक्रिय संक्रमित पुगेका छन्, २५ हजार पुगेमा स्वास्थ्य मन्त्रालयले पुनः लकडाउन गर्नुपर्ने सिफारिस गरेको छ । यस्तो अवस्थामा नयाँ विकल्प सोच्नुको साटो भौतिक उपस्थितिमा मात्रै परीक्षा लिन्छु भनेर एकोहोरो रटान गर्नु गलत छ ।’ उनले लाखौं विद्यार्थी भविष्यप्रति त्रिविले कुनै सदासयता देखाउन नसकेको आरोप लगाए। उनले तत्काल कुनै पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न आग्रह गर्दै यस्तो अवस्थामा विद्यार्थीको भविष्यलाई ख्यालख्याल सोच्न नहुने बताए । आजको नेपालसमाचारपत्रले समाचार छापेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु