बडिगाडमा करिब ४० लाखमा ४१ घरमा खानेपानी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 93
  •  
  •  
  •  
  •  
    93
    Shares

बाग्लुङ्ग । बागलुङको बडिगाड गाउँपालिकाले खानेपानीको समस्या रहेको वडा नं। १० को दर्लिङमा रू ३९ लाख ७८ हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)सँगको सहकार्य र स्थानीयवासीको श्रमदानमा ४१ घरमा एक–एकवटा धारो जडान गरिएको हो । सो आयोजनाका लागि नेवाको रू २६ लाख ३१ हजार, स्थानीय उपभोक्ताको रू १० लाख ३८ हजार र गाउँपालिकाको रू ३ लाख आठ हजार व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले बताउनुभयो । उक्त आयोजनाले पात्ले झाँक्रीस्थानका ४२ घरधुरीमा शुद्ध खानेपानी पु¥याOएको छ । वर्षौ अघिदेखि स्थानीयवासीले खानेपानीको समस्या झेल्दै आएकामा अहिले प्रत्येक घरमा शुद्ध खानेपानी उपलब्ध गराइएको छ । सो आयोजनाका लागि स्थानीयवासीले श्रमदानसमेत गरेका नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार सिलवालले बताउनुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

“खानेपानीको समस्याले गर्दा किसानले तरकारीसमेत लगाउन नपाएका र गाईबस्तुलाई खोलाछेउमा लगेर पाल्नु परेको थियो” अध्यक्ष रासकोटीले भन्नुभयो, “अहिले पानीले धेरै सजिलो बनायो ।” पाइपलाइनबाट पानी नपुगेका सात घरका लागि सोलार प्यानल जडान गरेर लिफ्ट प्रविधिमार्फत पानी खुवाउने योजना रहेको उहाँको भनाइ थियो । दर्लिङकै बलगाँसमा पनि गत साउनमा अर्को खानेपानी आयोजना निर्माण गरिएको थियो । रू २२ लाख ३९ हजारको लागतमा निर्माण गरिएको सो आयोजनाबाट ५५ घरधुरीले स्वच्छ पानी खान पाएको उपभोक्ता समितिका सदस्य बिजय केसीले बताउनुभयो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु