माउन्टेन इनर्जीको आइपिओ भदौ ३१ गतेदेखि खुला हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आईपीओको निष्काशन भदौ मसान्त देखी खुला गर्ने भएको छ । यस अघि साउन २८ गते आइपिओ खुला गरिएको भएपनि देशमा बाढी पहिरोको वितण्डा भएको कारण स्थगन गरिएको थियो । उक्त स्थगन गरिएको शेयर बिक्री भदौ ३१ बट खुला गर्ने निर्णय भएको कम्पनीले जनाएकोे छ । इनर्जीले आफ्नो पुँजीको २० प्रतिशत हिस्सा आइपिओ बेच्न लागेकोे हो । पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्दै छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो। यसको लागि इनर्जीले धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ। शेयर किन्न चाहनेहरुले असोज १४ गतेसम्म आवदेन दिन सक्ने भएका छन् सो अवधिमा सबै शेयर बिक्री नभए असोज २९ सम्म म्याद थपिने कम्पनीले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु