देशका ७१ जिल्लाका ५४९ स्थानीय तहमा पुग्यो एनसेल आजियाटाको फोरजी सेवा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको फोरजी सेवा देशका ७१ जिल्लामा पुगेको छ । १८ जेठ २०७४ मा फोरजी परियोजना अगाडि बढाएको कम्पनी देशभर ७१ जिल्लाका ५४९ वटा स्थानीय तहमा सेवा विस्तार गर्न सफल भएको हो । एनसेलका अनुसार अब ६ जिल्लामा मात्रै फोरजी सेवा विस्तार गर्न बाँकी छ । जसमा मनाङ, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट र मुगू रहेका छन् । कम्पनीले देशभरका सबै जिल्लामा फोरजी सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै एलटीई प्रविधिको लाभ सबैको पहुँच सुनिश्चित गरिने जनाएको छ । त्यसका लागि बाँकी ६ जिल्ला तथा २०४ वटा स्थानीय तहमा समेत फोरजी पुर्याउने योजना एनसेलले बनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दुर्गम तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न तल्ला ब्याण्डको फ्रिक्वेन्सी आवश्यक रहेको भन्दै कम्पनीले त्यसका लागि प्राधिकरणमा अनुरोध समेत गरिसकेको छ । एनसेलले नियामकबाट ९०० मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सीसँगै टूजीका लागि आफूसँग रहेको फ्रिक्वेन्सीमा प्रविधि तटस्थताको अनुमति प्राप्त भएसँगै बाँकी क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिने जनाए । एनसेलले ईमेलमार्फत टेकपानासँगको भनेको छ, ‘आर्थिक तथा प्राविधिक रुपमा तल्लो ब्याण्डको फ्रिक्वेन्सी भएको खण्डमा मात्रै त्यस्ता क्षेत्रमा सेवा विस्तार गर्न सम्भव छ ।’ हाल एनसेलसँग ९०० मेगाहर्ज ब्याण्डमा ८ मेगाहर्ज फिक्वेन्सी रहेको छ । साथै फ्रिक्वेन्सी नीति अनुरुप अब उसले यो ब्याण्डमा अधिकतम फ्रिक्वेन्सीको सीमाका कारण १।६ मेगाहर्ज थप फिक्वेन्सी पाउने देखिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको निवेदनलाई फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पुर्याइसकेको छ । समितिले निर्णय गरेसँगै एनसेललाई प्रविधि तटस्थताको अनुमतिसँगै थप फ्रिक्वेन्सी उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । हाल देशभर एनसेलका करिब ३८ लाख फोरजी प्रयोगकर्ता रहेका छन् । थ्रीजी सेवा प्रयोग गर्नेको संख्या भने करिब ३० लाख रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु