काँग्रेसको प्रश्न : गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?

सोमबार दिउँसो काँग्रेस कार्यकर्ता र प्रहरी विच भएको झडप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 86
  •  
  •  
  •  
  •  
    86
    Shares

काठमाडौँ । गुल्मीको रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको विषयलाई लिएर काँग्रेसले जिल्ला प्रहरी कार्यालय गुल्मी कार्यालय अघि नेपाली काँग्रेसले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ । झडपमा कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ र नेता पूर्णबहादुुर केसी घाइते भएका छन् । यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा पनि प्रहरी लगाएर दमन गर्नु निन्दनीय भएको भन्दै घटनामा सलग्न भएका दोषीलाइ कारवाही गर्न पनि काँग्रेसले माग गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै गुल्मीमा भएको सो घटनाले पार्टीको ध्यानाकर्षण भएको भन्दै दोषीलाइ कारवाही गर्न माग गरेका छन् । शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा पनि प्रहरी दमन गर्नु, प्रशासनको कार्यालयमा छिर्न नदिने जस्ता घट्नालाइ काँग्रेसले आपत्ती जनाएको छ । विज्ञप्तीमा प्रश्न गरिएको छ – गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ? यस विषयमा सार्वजनिक रुपमा गृहले स्पष्टिकरण दिन समेत माग गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केही दिनअघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद चर्किएको थियो। विवादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना मान्छेहरु कुटपिट गरेर घाइते बनाएको कांग्रेसको दाबी छ। उक्त झडपमा केही प्रहरी पनि घाइते भएको बताइएको छ । नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नलाई उन्मुक्ति दिदै निर्दाेष काँग्रेसका कार्यकर्ता माथि दमन गरिएको बताउँदै आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गरिने समेत चेतावनी दिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु