दोहोरो अङ्कले बढ्यो नेप्से

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

२१ असोज, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ हासिल गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा आज दोहोरो अङ्कले वृद्धि भई एक हजार ६०० को बिन्दुमा पुगेको हो । लामो समयपछि नेप्सेले उक्त बिन्दु तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १४.६८ बिन्दुको वृद्धि भई एक हजार ६००.९७ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत ३.१७ बिन्दुले बढेर ३१६.३९ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर रु तीन अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ बराबरको खरिद बिक्री भए । बजार पूँजीकरणका आधारमा आज नेपालको शेयर बजार रु २१ खर्ब ३३ अर्ब बराबरको भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । उत्पादन १.०३ र लघुवित्त ०.२ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ५.५३, व्यापार ६.९, होटल ५२.६७, विकास बैंक ७७.९८, जलविद्युत् ७५.९३, वित्त २३.१४, निर्जीवन बीमा ७६.०८, अन्य ४.७, जीवन बीमा १७.६६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज अरुण काबेली कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड २९ लाख २३ हजार ६०६ बराबरको कारोवार भएको छ । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु १३ करोड ५१ लाख दुई हजार ५१२, सानिमा माई हाई हाइड्रोपावर रु ११ करोड १० लाख ८३ हजार ४६९, हिमाल दोलखा हाइड्रोपावर रु १० करोड ८८ लाख ८५ हजार २१३, एचआइडिसिएल रु १० करोड ६५ लाख ४५ हजार १८४, शिवम् सिमेन्ट रु नौ करोड ९६ लाख २९ हजार ६९५, माथिल्लो तामाकोशी रु नौ करोड २७ लाख ८६ हजार १९८ र अपि पावर रु आठ करोड तीन लाख दुई हजार २४२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कारोबारका आधारमा नेशनल हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, बरुण हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले समान रुपमा १०÷१० प्रतिशतले कमाए । ती कम्पनीको कारोबारमा आज सकारात्मक सर्किट लागेको छ । यस्तै दिव्यश्वरी हाइड्रोपावर ९.९२, आँखुखोला जलविद्युत् कम्पनी ९.९२, समृद्धि फाइनान्स ९.९२ र तिनाउ मिशन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ३.११, महिला सहयात्रा माइक्रोफाइनान्स २.२९, गुराँस लघुवित्त वित्तीय संस्था २.२०, सबैको लघुवित्त २, एनआइसि एशिया ऋणपत्र १.९३ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले १.६७ प्रतिशतले गुमाए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु