सावधान ! तपाईले लगाउने स्यानिटाइजर नै तपाईको लागि खतरा हुन सक्छ !

फाइल फोटो, हेल्थलाइन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौँ । कोरोना संक्रमणबाट बच्नका लागि भरपर्दो उपाय बनेको छ स्यानिटाइजर । नेपाल सरकारले विभिन्न सन्देश मार्फत सावुन पानीले हात धुन र स्यानिटाइजर लगाउन आग्रह समेत गरेको छ । काठमाण्डौ । कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको हेण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगलाई कारबाही गरेपछि विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन र बिक्री वितरण भएको सार्वजनिक भएको हो । बजारमा पाइने हेण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा ५ वटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभाग (डिडीए) ले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काठमाडौँका हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स रहेका विषाक्त रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेका छन् । यसैगरी भक्तपुरमा रहेको कायाकल्प उद्योगबाट उत्पादित स्यानिटाइजर पनि विषाक्त रहेको पाइएको हो। विभागले शनिबार काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाएपछि कारबाही गरेको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको विभागले जानकारी गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विभागका अनुसार मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा चार वटा काठमाडौँका रहेका छन भने एउटा भक्तपुरको रहेको छ । काठमाडौँका हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स रहेका विषाक्त रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेका छन् । यसैगरी भक्तपुरमा रहेको कायाकल्प उद्योगबाट उत्पादित स्यानिटाइजर पनि विषाक्त रहेको छ । यस्तो गम्भीर त्रुटी गर्ने उत्पादकहरुलाई प्रचलित कानूनअनुसार कारबाही गरिने डिडीएका महानिर्देशक नारायण ढकालले बताएका छन् ।

औषधि व्यवस्था विभागले पाँच उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेर सूचना समेत जारी गरेको छ । विभागले आम सर्वसाधारणलाई सचेत गर्न शनिबार सूचना जारी गरी सो उद्योगबाट उत्पादन भएको स्यानिटाइजर प्रयोग नगर्न जानकारी गराएको हो । विभागले सो उद्योगबाट उत्पादन गरेको स्यानिटाइजर उत्पादन र विक्री वितरण गर्ने बन्द गरेको जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु