एकाएक नेप्से र कारोबार दुवै घट्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौँ । कारोबारको तेस्रो दिन मंगलबार आज कारोबार रकमसँगै नेप्से सूचकमा पनि गिरावट आएको छ । कारोबारमा आएकामध्ये १०५ वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ४.४७ अंकले घटेर १ हजार ५३६ विन्दुमा झरेको छ। यस दिन १९१ वटा कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता शेयर १ अर्ब ८० करोड रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो दिन सोमबार ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १ अर्ब ४१ करोड रुपैयाँले घटेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पाँच कम्पनीका सकारात्मक सर्किट – मंगलबार कारोबारमा आएकामध्ये दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने एनआरएन लघुवित्तको ९.९२ प्रतिशत, रिलायन्स लाइफको ९.८६ प्रतिशत, खानिखोला हाइड्रोपावरको ९.८४ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ९.५९ प्रतिशतले बढेको छ। त्यस्तै, माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ४.८५ प्रतिशतले घटेको छ भने राधी विद्युतको ४.०२ प्रतिशत, गोर्खाज फाइनान्सको ३.८८ प्रतिशत र हाइड्रोइलेक्टिसिटि एण्ड डेभलपमेन्ट कम्पनकिो ३.८२ प्रतिशतले घटेको छ।मंगलबार अधिकाँश उपसमूहको सूचक नकारात्मक देखिएको छ। कारोबारमा आएका १२ वटा उपसमूहमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ११ करोड २१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, नेको इन्स्योरेन्सको ६ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४१ लख, नेपाल बैंकंकको ५ करोड ९३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ५ करोडड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु