अब कोरोना भाइरस परिक्षणको नतिजा डेढ घण्टामै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

काठमाडौँ । हालसम्म कोरोना भाइरस परिक्षणको निम्ती घण्टौ लाग्ने पिसिआर विधि प्रचलनमा रहेको छ । यसैविच वैज्ञानिकहरुले ९० मिनेट अर्थात डेढ घण्टामा नतिजा दिने नया विधिको विकास गरेको दावी गरेका छन् । कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको ¥यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने वैज्ञानिकहरूले बताएका हुन् । इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा “ल्याब अन अ चिप“ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखियो। उक्त उपकरण अहिले यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोनाभाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर विज्ञहरूले यूकेको ’टेस्ट एन्ड ट्रेस’ कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन्। यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ। परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भएको एउटा नीलो काट्रिजमा स्वाब हुन्छ। परीक्षणपछि विसर्जन गर्नुपर्ने काट्रिज एउटा जुत्ता राख्ने बाकसजत्रो यन्त्रमा राखिएको हुन्छ। त्यसैले नमुनाको परीक्षण गर्छ। तर प्राध्यापक कुकका अनुसार तत्काल कुनै चिकित्सकीय निर्णय गर्नुपर्ने स्थानमा यो उपकरण उपयुक्त हुन्छ। उनले गत हप्ता यो विधिबाट कोभिड(१९ भएको पत्ता लागेका एक बिरामीलाई तत्काल रेम्डिसिभिर र डेक्सामेथासोनजस्ता औषधि दिइएको थियो।

के भन्छन् विज्ञ? – यो परीक्षण विधि अस्पतालहरूमा भविष्यमा अझ उपयोग हुनसक्छ किनभने यसबाट कोरोनाभाइरस, रुघा र बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या उत्पन्न गराउने सिन्सिशीअम भाइरसको परीक्षण एकैचोटि गर्न सकिन्छ। तर यो उपकरणले धेरै नमुना एकैचोटि जाँच्न नसक्ने भएकाले एक दिनमा एक करोड व्यक्तिको परीक्षण गर्ने योजनामा यो उपयोग नबन्न सक्छ। यो अध्ययनमा कुनै संलग्नता नभएका यूनिभर्सिटी अफ वोरिकका प्राध्यापक लरेन्स यङले यो विधिको प्रशंसा गरेका छन्। “बिरामीको स्याहार र तत्काल निर्णय गर्नुपर्ने आवश्यकता भएको परिस्थितिमा कोभिडनज परीक्षणको भूमिका महत्त्वपूर्ण हुन्छ। जस्तै कि शल्यक्रियाका लागि अस्पतालमा बिरामी भर्ना गर्नुपर्ने बेलामा।“ तर विश्वभरि गर्नुपर्ने व्यापाक परीक्षणका लागि यो विकल्प नभएको उनी बताउँछन्। स्रोत – बीबीसी 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु