गुल्मीमा जतिय छुवाछुत गर्नेलाइ ५० हजार जरिवाना, ३ महिना जेल सजायको फैसला

hand praying in jail

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 272
  •  
  •  
  •  
  •  
    272
    Shares

गुल्मी । नेपाल जातिय छुवाछुत मुक्त भनेर घोेषणा गरेको बर्षाै भइसकेपनि त्यो घोषणा कागजमा मात्रै सीमित भएको छ, कार्यान्वयनमा विरलै पाइन्छ । भलै, केही ठाँउमा विभेद गर्नेहरुलाइ कारवाही पनि भएको छ भने कुनै ठाँउमा यो परम्परा विस्तारै हट्दै पनि गइरहेको छ । यसैविच गुल्मीमा छुवाछुत गर्ने एक ब्यक्तिलाइ अदालतले जेल सजाय सुनाएको छ । जिल्लामा जिल्ला अदालत कार्यालयले पहिलो पटक पीडकलाइ ३ महिना जेल सजाय सुनाएको हो् । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो । काउछा मगरले गत जेठ २३ गत स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको भन्दै दुव्र्यवहार गरेका थिए । उक्त दिन बर्षा भइरहेको कारण ओत लाग्नको निम्ती श्याम परियार उनको घर गएको भन्दै उनले गालीगलौज तथा असामाजिक व्यवहार गरेको आरोप छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यति मात्र नभएर उनले घर समेत जुठो परेको भन्दै पण्डितलाइ बोलाएर शुद्ध गराउने वहानामा परियारबाट १५ सय रुपैया असुलेका थिए । घटनाबारे सामाजिक सञ्जाल मात्र नभएर जनतामा यसले रोष पैदा गर्याे । अधिकारकर्मीहरुले समेत परियारलाइ साथ दिएर पीडकविरुद्ध नेपालीलाई अदालतमा जतीय विभेद तथा छुवाछुतको मुद्दा हाल्न लगाए । सोही अनुरुप चलिरहेको बहसका क्रममा प्रहरी हिरासतमा रहेका काउछालाई ६० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । यसबारे फैसला गर्दै न्यायाधीश उप्रेतीले मगरलाई ३ महिना कैद सजाय, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका मेलमिलापकर्ता गणेश विश्वकर्माले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

काउछाले आगामी ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने छन् । त्यस अवधि नाघे लगतै उनलाई पक्रेर जेल चलान गरिने अदालतले जनाएको छ । जिल्लामा पटकपटक जातियताका नाममा उपल्लो जात भनिनेहरुले तल्लो जात भनिएका ब्यक्तिहरु माथि निच व्यवहार देखाएका घटना बाहिरीने गरेका छन् । अधिकांश दलित परिवारहरु यसको शिकार बनेपनि घटना बाहिर भने कमै मात्रामा आएको पाइन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु