महोत्तरीमा एक वर्ष भित्र भएका सवारी दुर्घटनामा ४६ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

७ साउन, महोत्तरी
महोत्तरीमा १ वर्षमा भएको १ सय ७४ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ । जसमध्ये ३१ पुरुष, १० महिला र ५ बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ९५ जना गम्भिर घाइते भएका छन् भने ७३ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याङ्कमा उल्लेख छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सबैभन्दा बढि दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, ट्रक, ट्याक्टर, भ्यान, टेम्पो र सबभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस, रहेको छ । दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाड्नु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु तथा माल सामान बोक्नु देखिएको कार्यालयले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसैगरी, दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ५३ जना र २५ वर्षदेखि ४० वर्ष उमेरका १ सय ३२ र ४० बर्ष भन्दा माथी उमेरका २० जना रहेका पनि कार्यालयले जानकारी दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु