दैनिक १५ सय जनाको पेट भर्दै रोयल कोल्याब्रेटिभ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 577
  •  
  •  
  •  
  •  
    577
    Shares

काठमाडौँ । देश महामारीको कारण लगाइएको लकडाउनको कारण संकटग्रस्त अवस्था छ । हजारौ मानिसहरु रोजगार विहिन भएका छन् भने सयौ मानिसहरु भोकभोकै बस्नुपर्ने स्थित सिर्जना भएको छ । यस विषम परिस्थितीमा सरकारी पहलकदमीहरु सोचेजस्तो हुन सकेको छ्रैनन् । काठमाडौँमा धेरै नागरिकहरु विहान बेलुका खानको निम्ती तड्पिनु परेको अवस्थामा रोयल कोल्याब्रेटिभ नामक संस्थाले केहीमात्रामा भएपनि इज्जत जोगाइदिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

संस्थाले हाल रत्नपर्क बसपार्क, टिचिङ अस्पताल र पशुपति परिसर गरि दैनिक १५०० मानिसलाई निशुल्क खाना खुवाउदै आएका छन् ।“महामारीको कारण गरिब, मजदुर, किसान, असहाय र अशक्तलाई गुजारा चलाउन निकै समस्या परेको छ”, खाना खुवाउने अभियानका एक अभियन्ता डिबी सनारले भने, “११ दिन देखि नि–शुल्क खाना खुवाउने अभियानमा योगदान पुर्याईरहेका छौ, यो काम गर्न पाएकोमा हामीलाइ खुशी मिलेको छ।” । नेपाली काँग्रेसका नेता समेत रहेका उनले जनताको पेट भर्न पाँउदा जीवनमा कहिल्यै नमिलेको सुखको अनुभुती भएको सुनाए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

“लकडाउनको कारण भोकै बसेका नागरिकहरुको पीडादायी दृश्यहरु समाचारमा आइरहेका कुराले मन पोल्छ” उनले भने, “त्यस्तै समस्यामा परेकाहरुलाइ राहत दिने हामीले लक्ष्य राखेका हौँ” । उनले सरकारले यस विपत्तीमा लकडाउन गर्ने बाहेक केही गर्न नसकेको बताए । “सरकार जनता र जनजिविकाको सवालमा पुर्ण रुपमा अनुत्तरदायी र अकर्मण्य भयो”, उनले भने, “त्यसैले हामी जस्ता तमाम युवाहरु विभिन्न संस्थाको माध्यमबाट जनताको सारथि भईरहेका छौ।” अहिले जनता रोगले भन्दा पनि भोकले चिन्तित भएको बेला यो सानो प्रयासले उनिहरुको दुःख बिर्साउने प्रयत्नमा जुटेको उनले सुनाए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु