गर्भवती महिला सहित थप ५ जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

काठमाडौं । नेपालमा गर्भवती महिला सहित थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रवक्ताका चौरसियाका अनुसार उच्च रक्तचापसमेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।
उपचारकै क्रममा बिहान ६ बजे उनको मृत्यु भएको हो । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।

यसैबिच , पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालीका ११ निवासी ३२ वर्षीया महिलाको आज बिहीवार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई ७ गते अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा ५ जनाको मृत्यु भएको छ।

यसैगरी, वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको आज बिहान नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ ।

चिकित्सकका अनुसार कोरोना र मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी, गयराति नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाले जानकारी दिए ।

यता, बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ ।कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा गयराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा। थापाले जानकारी दिए । योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु