सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच पहिले देखी नै सम्बन्ध राम्रो थिएन । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले महेन्द्रबहादुर शाही प्रदेशमा नेकपा संसदीय दलको नेतामा चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको आरोप लगाएका छन् । नेकपा सांसदहरुले नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको उल्लेख छ । उनीहरुले तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेश गर्न माग समेत गरेका छन् ।