काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १ दशमलव ७४ अंकले बढेर १ हजार ५ सय ७८ दशमलव ०१ अंकमा कायम भएको छ। आज कारोबार रकम भने २ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ। आज नेप्से परिसूचक १.७४ अंकको बढोत्तरीका साथ १५७८.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.३७ अंकको वृद्धिका साथ ३१३.१० विन्दुको उचाइमा पुगेको छ। सोमबार १ सय ८९ वटा कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता सेयर ३१ हजार ८ सय ३७ पटक खरिद बिक्री हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३७ अंकले बढेर ३ सय १३ दशमलव १० अंकमा कायम भएको छ। साताको दोस्रो कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु विकास बैंकतर्फ आकर्षित भएको देखिन्छन्। यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुमा अधिकांश विकास बैंक रहेका छन् भने यस उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185



JUNGLE






from the
city



सोमबार शेयरमूल्य वृद्धि भएका शीर्ष दश कम्पनीहरुको सूचीमा आठ विकास बैंक रहेका छन्। यस दिन मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ। मुक्तिनाथको शेयरमूल्य यस दिन ३३ रुपैयाँ बढेर ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशत बढेको छ। धेरै गुमाउनेमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन्।