आइपीओले संस्थापकलाई खर्बपति र सेयरधनीलाई अर्बपति बनाएको कम्पनी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

सिएनएन । दक्षिण कोरियाको पप ब्याण्ड बिटीएससँग जोडिएको बिग हिट इन्टरटेनमेन्ट कम्पनीले देशको शेयर बजारमा नया तरङ्ग पैेदा गरेको छ । उक्त कम्पनीले कोरियाली सेयर बजारमा पछिल्लो तीन वर्ष यताकै सबैभन्दा ठूलो आईपीओ लिस्टीङ भएसँगै ब्याण्डका सबै सात जना सदस्यहरु अर्बपति बनेका छन् । बिग हिट इन्टरटेन्मेन्टले १ लाख ३५ हजार वोन प्रति कित्ताका दरले शेयर जारी गरेको थियो । अर्थात एक कित्ता वापत ११५ डलर पर्न आउँछ ।  कम्पनीका अनुसार यो आईपीओबाट ९६२.५५ मिलियन वोन(८२२ मिलियन डलर) रकम सर्वसाधारणबाट उठाइनेछ र यसबाट कम्पनीको मूल्य ४.१ बिलियन डलर पुग्नेछ । दक्षिण कोरियाली सेयर बजारमा यो आईपीओ सन् २०१७ यताकै सबैभन्दा ठूलो हुनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बिग हिट इन्टरटेनमेन्ट कम्पनी सीईओ ब्याङ सि–ह्युकबाट सञ्चालित छ । ह्युक लामो सयमदेखि म्युजिक प्रोड्युसरको रुपमा कार्यरत छन् र बिटिएस स्थापना गर्न र यसलाई सन् २०१३ मा स्टारडमको बाटोमा अग्रसर गराउन उनको योगदान रहेको छ । सेयर सूचिकरणका अनुसार ब्याङले बिग हिटमा ४३ प्रतिशत स्वामित्व ओगटेका छन् । यो आईपीओले ब्याङलाई खर्बपति बनाएको छ । गत अगस्ट महिनामा ब्याङले बिटीयस ब्याण्डका प्रत्येक सदस्यहरुलाई ६८ हजार ३८५ कित्ता सेयर प्रदान गरेका थिए । अहिले प्रत्येक होल्डीङको निष्कासन मूल्य करीब ७.९ मिलियन डलर पुगेको छ । आउँदो अक्टोबर १५ बाट कम्पनीको सेयर कारोबारमा आउनेछ। बिग हिटको संस्थापक र बिटीएसको भाग्य बदल्नुका साथै कम्पनीको आईपीओले रिटेल लगानीकर्ताहरुलाई बिटल्स(चर्चित म्युजिक ब्याण्ड) जत्तिकै सफल मानिएको सात सदस्यीय समूहसँग जोडिने अवसर समेत प्रदान गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बिटिएस समूह पश्चिमी बजारहरुमा चर्चित भएको सीमित ‘के–पप’(कोरिया पप) ब्याण्डहरुमध्य एक हो । गत वर्ष बिटीयस , बिलबोर्ड २०० चार्टमा बितेको ५० वर्षको अवधिमा बिटल्स र मंकिज् पछि थ्रि नम्बर वान एल्बम्स भएको तेस्रो गुप्र बनेको थियो । ब्याण्डको सफलताले बिग हिट इन्टरटेन्मेन्टलाई सेयर बजारको दुनियाँमा धमाकेदार प्रवेश गर्न सहयोग पुर्याएको छ । बिग हिटका अनुसार गत वर्ष ब्याण्डले कम्पनीमा करीब ५०० मिलियन डलरको आम्दानी र ८४ मिलियन डलरको खुद मुनाफा भित्राएको थियो । तर यसको अगाडि व्यवसायिक जोखिमहरु देखिएको छ । जस्तै कोरोना महामारीको कारण उत्पन्न मन्दिले कन्सर्टहरु रद्द हुनुका साथै उपभोक्ताको खर्च गर्नसक्ने क्षमता घटाइदिएको छ । जसको प्रत्यक्ष घाटा कम्पनीलाई पर्ने देखिन्छ । कोरोना महामारीका कारण कन्सर्टहरु रद्द भएकाले यो वर्षको पहिलो ६ महिनाको अवधिमा कम्पनीको बिक्री ८ प्रतिशतले घटेको छ ।

गत वर्ष कम्पनीले बिटीएसबाट कुल आम्दानीको ९७ प्रतिशत हिस्सा प्राप्त गरेको थियो । बिटीएससँग कम्पनीको सम्झौता सन् २०२४ को अन्त्यसम्म रहनेछ । बिग हिटका अनुसार बिटीएसले वर्षको आफ्नो दोस्रो एल्बम आउँदो नोभेम्बरमा रिलिज गर्नेछ । बिटीएसले आफ्नो पहिलो पूर्ण अंग्रेजी गीत ‘डाइनामाइट’ गत अगस्ट महिनामा सार्वजनिक गरेको थियो । यो गीतले २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिएको रेकर्ड तोडेको थियो । २४ घण्टाको अवधिमा यो गितले १० करोड ४४ लाख भ्यु पाएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु