अपि पावरले कात्तिक १४ गतेदेखि हकप्रद निष्काशन गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

२३ असोज, काठमाडौँ । अपि पावर कम्पनीले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ। कम्पनीले हकप्रद निष्काशनका लागि  २०७६ चैत १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् ।  सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । यता, ग्लोबल आइएमई बैंकको दाचुर्लाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु