काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का प,क्राउ परेकी छन्। प्रमाण पु¥याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान पेरिसडाँडाबाट प,क्राउ परेकी हुन् । सत्तारुढ नेकपाको पेरिसडाँडामा सुरुभएको केन्द्रीय सचिवालय बैठकमा ‘ठूलो नेतालाई झा,पड हान्न आएकी हुँ’ भन्दै पुगेकी उनलाई प्रहरीले प,क्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उनले आफूले अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै बिहीबार मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी हुन् । उक्त मुद्दाको पेशी आउँदो कात्तिक १८ गतेका लागि तोकिएको थियो। उक्त निवेदनमाथि सुनुवाई गर्दै बिहीबार नै जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६९२० अनुसार मुद्दा फिर्ताका लागि अनुमति दिएका थिए। खड्काले सञ्चार माध्यममा पनि राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारी,रिक शो,षणा गरेको आरोप लगाएकी देशसञ्चारले जनाएको छ।