काठमाडौँ ।नेपाल विद्यार्थी संघले त्रिभुवन विश्व विद्यालय सँग स्थगित परिक्षा र विद्यार्थीका भविष्यका बारेमा विभिन्न १५ बुँदे माग हरु पेश गरेको छ । नेविसंघ त्रिवि इकाई समितिका सभापति सम्झन केसीको संयोजकत्वमा विभिन्न मागहरु राख्दै त्रिविलाई ज्ञापन पत्र समेत बुझाइएको छ। त्रिविले परिक्षाका विकल्पहरु नदिने, बैकल्पिक परिक्षा र पढाईको नाममा केरोडौको हिनामिना गर्ने, विद्यार्थीको अन्यौलतामा कानमा तेल हालेर बस्ने , आर्थिक चलखेल गरी अवैधानिक रुपमा बिभिन्न नियुक्तीहरु गर्ने , झुठा मुद्धा लगाई विद्यार्थी नेतालाई थुनामा राख्ने लगायतका कार्यशैली सुधारको पनि माग गरिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यसैगरी परिक्षा तालिका स्थाशिघ्र सार्वजनिक गर्न, झुठा अरोप लगाएर नेविसंघका नेता थुनिएको विषयमा स्पष्ट कारण दिन, त्रिवि परिक्षा भित्र नेपाल प्रहरलाई पूर्ण रुपमा प्रवेश निषेध गर्न, हालसम्म गरिएका अवैधानिक नियुक्तीहरु खरेज गर्नुपर्ने लगायतका मागहरु रहेका छन् । यस प्रकारका मागहरु कार्यान्वयन नभएमा आन्दोलनका आँदेवेहरी ल्याउने समेत उनीहरुले चेतावनी दिएका छन् ।



JUNGLE






from the
city



हेरौ उनीहरुले त्रिवि समक्ष राखेका मागहरु