काठमाडौँ । गत २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चौबीस घण्टाको अवधिमा संसारभरि ३ लाख ७९ हजार ९३० जनामा सङ्क्रमण देखिएको छ। सो अवधिमा ५ हजार ५०० जनाको मृत्यु भएको र संसारभरि मृत्यु हुनेको सङ्ख्या ९ लाख १७ हजार ४१७ पुगेको डब्ल्यूएचओले बताएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
धेरै संक्रमित हुनेहरुमा भारत, अमेरिका र ब्रजिल रहेका छन् । यसअघि सेप्टेम्बर ६ मा ३ लाख ०६ हजार ८५७ सङ्क्रमित थपिएका थिए। डब्ल्यूएचओका अनुसार आइतवार भारतमा ९४,३७२ जना, अमेरिकामा ४५,५२३ जना र ब्रजिलमा ४३,७१८ जना सङ्क्रमित थपिएका थिए । अमेरिका र भारतमा एक हजार भन्दा बढी मानिसको कोभिड(१९ सम्बन्धी रोगबाट मृत्यु भएको थियो भने ब्रजिलमा ८७४ जनाको मृत्यु भएको थियो। भारतमा अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित रहेका छन्। गत साता भारतले अगस्ट एक महिनामा मात्रै त्यहाँ २० लाख सङ्क्रमित थपिएको बताएको थियो जुन महामारी सुरु भएयता एउटै देशमा एक महिनामा भएको सबैभन्दा बढी सङ्क्रमण बीबीसीले जनाएको छ ।



JUNGLE






from the
city


