काठमाडौँ, १४ कार्तिक ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
शुक्रवार काठमाडौँ उपत्यकामा १८८८ संक्रमितहरु फेला परेका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । हालसम्म काठमाडौँ जिल्लामा ६० हजार ७४२ जना संक्रमित मध्ये ४४ हजार २८८ जना निको भएका छन भने २१२ जनाको निधन भएको छ ।
भक्तपुरमा ५७५० जना संक्रमित मध्ये ४४२२ जना निको भएका छन् भने ६३ जनाको निधन भएकोे छ । त्यस्तै ललितपुरमा ८५९९ संक्रमित मध्ये ६१९६ जना निको हुँदा ५८ जनाले ज्यान गुमाएका छन् । आज नेपालमा कोरोनाभाइरसका ३५१७ जना नया संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १४ हजार ९८९ नमुना परिक्षणमा सो मात्रामा संक्रमित भेटिएका हुन् । आज पनि हिजो जस्तै संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ४०९६ जना निको भई घर गएका छन् । यस्तै शुक्रवार १६ जनाको निधन भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुुनेहरुको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । त्यस्तै निधन हुनेहरुको संख्या ९२० पुगेको छ । हाल ३८ हजार ३५७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।