काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार कारोबार गर्ने समय सकिएपछि पनि करोबार रकम बढेपछि गम्भीर प्रश्न उठेको छ । हरेक दिनको कारोबार समय दिउँसो ३ बजेसम्म मात्र रहन्छ । तर नेप्सेमा कारोबारको अवधि सकिएपछि करिब ३२ करोड रकम थपिएको देखिन्छ । जसको कारणले लगानीकर्ता अन्यौलमा पर्नुका साथै नेप्सेको कारोबार गर्ने सिस्टम माथी नै गम्भीर प्रश्न खडा भएको छ । त्यसो त सधैजसो टिएमएसमा समस्या आइरहने कारण लगानीकर्तामा जहिले तनावको स्थिती सिर्जना भइरहने अवस्थामा रातारात नेप्सेको कारोबार रकम बढी देख्दा उनीहरुले नेप्सेमाथि प्रश्न तेर्साएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मंगलबार शेयर कारोबार बन्द हुँदा नेप्सेको वेबसाइटमा १ अर्ब ७९ करोड ३७ लाख ७ सय ४३ रुपैयाँ बराबरको भएको देखाएको थियो । तर बुधबार बिहान कारोबार सुरु हुनुभन्दा अगाडी नेप्सेको वेबसाइटमा मंगलबार २ अर्ब ११ करोड ९९ लाख ३९ लाख ५ सय ५८ रुपैयाँको कारोबार भएको उल्लेख छ । अर्थात नेप्सेमा करिब ३२ करोड बढीको कारोबार रकम थपिएको उल्लेख छ । तर रकम बढेपनि नेप्से सूचक उहि रहेको छ । यसरी कारोबार बन्द भएपछि ठुलो रकम कारोबार भएको देखाएपछि लगानीकर्ताले नेप्सेको कारोबार प्रणालीको विश्वसनीयता माथि नै प्रश्न उठाएका हुन् । साथै उनीहरुले यसको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।



JUNGLE






from the
city



नेप्सेका अनुसार पुरानो वेवसाइटलाई हटाउन लागेको र नयाँमा भएको सूचनालाई सबैले आधार मान्नुपर्ने बताएको छ । त्यसैगरी नेप्सेले डाटाबेजको इररको कारण यसरी फरक पर्न गएको हुन सक्ने बताएको छ । रातारात कारोबार रकम बढ्नुलाइ वित्तिय अनुशासन विपरीत काय गरेको ठहर हुने लगानीकर्ताको ठम्याई छ ।यसैबिच नेपाल धितोपत्र बोर्डले पनि यस बारे नेप्सेलाई स्पष्टिकरण माग गरेको जनाइएको छ । उता सिडीएसले मंगलबार २ अर्ब ११ करोड बराबर कै शेयर राफसाफको लागि आएको जनाएको छ ।