काठमाडौँ । सुनको मूल्यमा दैनिक रुपमा देखिएको उतार चढाव कायम रहेको छ । असोज २२ गते, विहिबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९ सय कायम भएको छ भने बुधबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैया तोकिएको छ । बुधबार ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार भने सुन हिजोकै मूल्यमा किनबेच भएको थियो । यता चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।