काठमाडौँ । नेपालमा पहिरोको कारण यस बर्ष निकै क्षती पुगेको छ । भौतिक क्षतीको त कुरै छोडौँ, मानिवय क्षतीनै अत्याधिक भएको छ । यसैविच बुधबार एकाविहानै सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टरको भुकम्प गएसँगै त्यस क्षेत्रमा पहिरोको अझै जोखिम बढेको बताइएको छ । त्यसै त पहिरोको इपिसेन्टर नै बनेको सिन्धुपाल्चोकमा विहानैको भुकम्पको धक्काले झन चिन्ता बढाएको छ । सिन्धुपाल्चोकमात्रै होइन मनसुन सुरु भएदेखि आइतवारसम्म पहिरोका घटनामा परेर देशभर २५० जनाभन्दा बढीको मृत्यु भएको सरकारी विवरण छ जुन गत वर्षको तुलनामा दोबरभन्दा पनि बढी हो। यसरी नेपालमा पहिरोको कारण किन यति धेरै जनधनको क्षती भइरहेको छ ? किन पहिरो गइरहेको छ ? बीबीसीका अनुसार यसमा ४ मुख्य कारणहरु जेडिएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
१) भिराला जमिनमा अव्यवस्थित बस्ती -भिराला जमिनमा अव्यवस्थित रूपमा पर्याप्त अध्ययनबिनै डोजरका भरमा गरिने सडक निर्माणजस्ता विकास निर्माणका कामले पहिरो आउने अवस्था सिर्जना गरेको विज्ञहरूको भनाइ छ।
२) ७२ सालको भुकम्प -विसं २०७२ मा आएको भुकम्पपछि त्यसले जमिनमा ल्याएको कम्पनको असर पहिले नै कमजोर रहेका भूभागमा झन् बढ्ता परेको भन्ने अर्कोथरी विश्लेषण विज्ञहरूको छ। तर त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् रञ्जनकुमार दाहालका भनाइमा भुकम्पका त्यस्ता असर सामान्यतः ४ देखि ५ वर्षभित्र देखिने हुँदा यसलाई मुख्य कारण मान्न नहुने ठान्छन्। ठाउँ विशेषका परिस्थिति र भूबनोटको बेग्लै मूल्याङ्कन हुनुपर्ने उनको धारणा छ। त्यसैगरी अत्याधिक बर्षा भएको कारण पनि यस्तो क्षति पुगेको भूगर्वविदको भनाई छ ।
३) जोखिम मूल्याङ्कनको अभाव –बाढी पहिरोको उचित मुल्याङ्कन नगरिनु पनि अर्काे कारण हो । त्यसैमाथि नेपालमा जोखिम भएको प्रतिवेदन तयार भएपनि त्यसलाइ स्थानान्तरण गर्नेतर्फ सम्बन्धित निकायले त्यति ध्यान पनि नदिएको हामी सँग उदाहरणहरु छन् । हरेक स्थानीय सरकारले आफ्नो गाउँठाउँका सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गर्ने, पुराना पहिरोका आसपास बस्ती छन् भने तिनलाई स्थानान्तरण गर्नेजस्ता जोखिम मुल्याङ्कन नक्साङ्कनको काम गर्नु आवश्यक ठानिए पनि त्यो नभइरहेको विज्ञहरू ठान्छन्।
४) कमसल वातावरणीय प्रभाव मुल्याङ्कन-भूतपूर्व भूगर्भ अधिकारी सोमनाथ सापकोटा वातावरण प्रभाव मुल्याङ्कन कुनै पनि आयोजनाहरू स्वीकृतिका लागि मात्रै बनाइँदा त्यसले जोखिमलाई बेवास्ता गर्ने गरेको बताउँछन्। “स्थानीय सरकारहरूले भूगर्भविद्, जलविद् र वातावरणविद्हरू ल्याएर आफ्ना भूभागको मुल्याङ्कन गर्न नसक्ने भन्ने अवस्था छैन। त्यसलाई गम्भीर रूपले लिन सकेको खण्डमा सके विपद् रोक्ने नसके जीवन बचाउन सघाउँछ।“त्यस्ता मुल्याङ्कनको आधारमा आममानिसहरूले समेत धेरै वर्षा हुन थालेपछि ’म कहाँ छु, मेरो वरपरको अवस्था के छ’भने स्वयं परिस्थितिको आकलन गर्न सक्ने विज्ञहरूको भनाइ छ। बीबीसीले तयार पारेको सामग्रीमा आधारित ।



JUNGLE






from the
city


