सन्तोष महतारा, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भ्रमण भत्ताको नाममा वडाध्यक्षहरुलाई पैसा बाँडिएको छ । वडाध्यक्षलाई जानकारी नगराई, वडाध्यक्षको सहमती बिना एक्कासी वडाध्यक्षको बैंक खातामा गाउँपालिकाले पैसा पठाएको हो । एक्कासी बैंक खातामा पैसा जाँदा वडाध्यक्षहरुमा मतभेद देखिएको छ । कुनै वडाका वडाध्यक्ष पैसा पाएकोमा खुसी छन् । कुनै वडाध्यक्ष एक्कासी बैक खातामा गाउँपालिकाले पैसा पठाउँदा आक्रोशित बनेका छन् । गाउँपालिकाको वडा नं.४ का वडाध्यक्ष डिलाराम न्यौपानेले वडाध्यक्षलाई गाउँपालिकाले बिना कारण पैसा बाँडेको बताए । कुन शिर्षकमा कसरी पैसा आयो भन्ने आफुलाई थाहा नै नभएको न्यौपानेको भनाई छ । ‘सडकमा काम गर्ने कामदारले तलब पाएका छैनन्,सामान्य अनुदानका लागि कृषक गाउँपालिका पुगे प्रक्रिया पु¥याउन १५ दिन लाग्छ’ वडाध्यक्ष न्यौपानेले भने, “जनताको सेवामा खटिएका जनप्रतिनिधिले पैसा बाँडेर खानु गलत हो ।”


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आफ्नो खातामा पैसा आएपछि गाउँपालिकामा सोधपुछ गर्दा गाउँपालिकाका कर्मचारीले यस बिषयमा नबोल्नु भन्दै पैसा फिर्ता गर्न खोज्दा गाउँपालिकाले वास्था नगरेको न्यौपानेले बताए । गाउँपालिकाले गर्ने आर्थीक अनियमिततामा १६ हजार ५ सयका दरले वडाध्यक्षलाई बाँडेर वडाध्यक्ष किनिएको उनको प्रतिक्रिया छ । वडाध्यक्ष न्यौपाने भ्रमण गएको भनी मिलाइएको कागजमा हस्ताक्षर समेत गरेका छैनन् । तर गाउँपालिकाले आफ्नो खातामा पैसा हालिदिएपछि बाँकी वडाध्यक्ष खुसी भएका छन् । गाउँपालिकाबाट कुनै जानकारी , कुनै सहमती र थाहा नै नदिई र्बैकमा पैसा आएपनी वडाध्यक्षहरुले पैसा स्विकार गरेका छन् । वडा नं. १ का वडाध्यक्ष धातानन्द भण्डारीले विभिन्न कामले तम्घास पुगेको र जनताले खटाएको ठाउँमा पुग्नुपर्ने भएकोले भ्रमण भत्ता शिर्षकमा आफुले रकम बुझेको बताए । भण्डारीलाई कागजपत्र मिलाएर गाउँपालिकाका लेखा अधिकृतले हस्ताक्षर गराएका थिए ।



JUNGLE






from the
city



वडा नं. २ का वडाध्यक्ष रुकबहादुर राकसकोटीले गाडीको कर तिर्न बुटवल गएको र तम्घास गइरहन पर्ने भन्दै गाउँपालिकाले पैसा दिएको बताए । वडा नं. ३ का वडाध्यक्ष तेजकान्त अर्यालले कोरोनाको समयमा दौडधुप गरेवापत भ्रमण भत्ताको शिर्षकमा आफुले रकम पाएको जानकारी दिए । वडा नं. ५ का वडाध्यक्ष कृष्ण प्रसाद पन्तले कहिले जिल्ला प्रशासन,कहिले जिल्ला अदालत,कहिले पाल्पा र कहिले अर्घाखाँची गइरहन पर्ने भएकोले त्यसैको खर्चस्वरुप गाउँपालिकाले बैंकमा पैसा जम्मा गरिदिएको जानकारी दिएका छन् । वडा नं. ६ का वडाध्यक्ष थम्मनबहादु्र ज्ञवालीले वडाध्यक्ष यताउता गइरहन पर्ने भएकोले भ्रमण भत्ताको नाममा रकम बुझेको बताए । गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थका अनुसार आफ्नो गाउँपालिका भन्दा बाहिर भ्रमणमा गए वडाध्यक्षहरुले दैनिक १ हजार ५ सयका दरले भत्ता पाउने नियमअनुसार गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तको स्विकृत भ्रमण आदेश अनुसार पैसा दिइएको हो । कोरोना भाइरसको कहरका बीच जनताको समस्यामा जागरुकता नदेखाई वडाध्यक्षहरुलाई पैसा बाँडिनु गलत भएको स्थानियले बताएका छन् । सबै वडाध्यक्षहरुको खातामा १६ हजार भन्दा बढीका दरले पैसा पठाइएको छ ।