आइसोलेसनमा नबसे ६ महिना जेल !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

२३ असोज, काठमाण्डौ – सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेर बाहिर निस्किएको थाहा पाइएकोले यस प्रकारको गतिविधि कसरी महामारी नियन्त्रणमा असहयोग पुर्याउने ब्यक्तिलाई पक्राउ गरी सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयले पक्राउ गरी कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको भन्दै प्रवक्ता गौतमले कोरोना सङ्क्रमित भएको व्यक्ति आइसोलेशनमा बसेरनबसेको बारेमा जानकारी लिन छिमेकीहरुलाई आग्रह गरे ।
यस्तै प्रवक्ता गौतमले पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेल अनिवार्य क्वरेण्टीनमा बस्न आग्रह गरे ।
उनका अनुसार नेपालमा २०५९ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । यसैगरी १६८० जना निको भएसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ । निधन हुनेहरुको संख्या ६ सय पुगेको छ । शुक्रवार १० जनाको निधन भएको पुष्टि भएसँगै सो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा कोरोना देखिएको छ । उपत्यकामा कुल १४०९ जनामा संक्रमण देखिएको छ । अहिले देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु