कुलमानको कार्यकाल आज सकिदै, फेरी नियुक्तीको कुनै टुङ्गो देखिएन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल आज सकिदै छ । ४ बर्ष अघि भदौ २९ गते उनलाइ प्राधिकरणको प्रमुखमा नियुक्त गरिएको थियो । सरकार बाहेक देशका अधिकाशं मानिसहरुले घिसिङको कार्यकाल थपिनुपर्नेमा जोडबल गरेका छन् भने केहीले उनलाइ अर्काे कुनै संस्थामा जिम्मेवारी दिनुपर्ने धारणा राख्दै आएका छन् । तर उनको कार्यकाल थपिने विषयमा कुनै तयारी देखिएकोे छैन् । यस अघि विहिबारको मन्त्रीपरिषद बैठकमा उनको कार्यकाल थप्न प्रस्ताव पेश गर्ने उर्जा मन्त्री बर्षमान पुनको तयारी रहेको सुनिएकोे थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर त्यसविचमा बैठक स्थगन भएसँगै आज मन्त्रिपरिषद बैठक बस्ने अहिले सम्म तयारी छैन् । जसको कारण उनको पुननियुक्तीको कुनै टुङ्गो लागेको छैन् । मन्त्रीपरिषदको आज बैठक नबसे भोली बस्ने बैठकले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेबारी प्राधिकरणकै कुलमानपछिका कर्मचारीलाई कायममुुकायम कार्यकारी निर्देशक दिइने सम्भावना छ । त्यसपछि विस्तारै प्रतिस्पर्धाका आधारमा कार्यकारी निर्देशक चयन गर्ने तयारीमा सरकार पुगेको देखिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दुइ अध्यक्ष विच लडाइ
कुलमानलाइ दोस्रो कार्यकाल दिन या नदिने भन्ने विषयमा नेकपामा दुइ अध्यक्ष विचमा एकमत नभएको जानकारहरुले बताउने गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले दोहोराउनुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले भने उनलाइ दोस्रो पटक पनि जिम्मेवारी नदिने पक्षमा छन् । यस विषयमा प्रचण्डले ओलीलाइ कन्भिन्स गरेको स्रोतको भनाइ छ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि तीन महिना नबित्दै नेपाल लोडसेडिङ मुक्त भएको थियो । विद्युत चुहावट रोक्दै घाटामा रहेको प्रधिकरणलाइ नाफामा पुर्याएको कारण उनलाइ उज्यालोको संज्ञा जनताले दिने गरेका छन् भने बत्ती गइहालेको खण्डमा कुलमान गएको भन्ने गरेका छन् । यस अघि प्राधिकरणको प्रमुख रहेका मुकेश काफ्लेलाइ फेरी प्राधिकरणमा ल्याउने चलखेल हुन लागेको पनि बताइने गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु