काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आइतवारदेखि शुरु भएको छ । नेपाल राष्ट्र बैंकले असोज २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज १९ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्नको निम्ती अन्तिम स्वीकृति दिइसकेका छन् । एकीकरण पछि स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो । एकीकरण गर्ने प्रस्ताव दवै कम्पनीको विशेष साधारण सभाबाट पारित भएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कम्पनीको केन्द्रीय कार्यालय साविककै काभेपलाञ्चोकको बनेपा– ५ मा हुनेछ । गाभिएपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ६३ लाख पुग्नेछ । आइतवारदेखि एकीकृत कारोबार हुने भएकाले सम्पूर्ण कार्यालयहरुको कार्य सञ्चालन बन्द हुने पनि कम्पनीले बताएको छ । जनकपुरलाई स्वरोजगारले १ः०.७ कित्ता सेयर दिने गरी प्राप्ति (एक्वायर) गरेको हो । दुवै कम्पनी एक भएपछि जनकपुरका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर स्वरोजगारकोे ७० कित्ता सेयर पाउनेछन् ।