विदेश छोडेर चितवनमा शैलुन व्यवसाय शुरु, लाखौको कारोवार गर्न सफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 108
  •  
  •  
  •  
  •  
    108
    Shares

चितवन, ५ साउन । सात वर्षअघि कतारबाट फर्किएर स्वदेशमा नै रोजगारी सिर्जना गर्न तम्सिएका एक युवकले तीन ठाउँमा आधुनिक शैलुन सञ्चालन गरेका छन् । उनले शैलुन सञ्चालन गर्न मासिक एक लाख ७० हजार भाडा तिरेका छन् भने १४ जनालाई रोजगारीको अवसर मिलेको छ ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका सुलभ सिग्देलले दुई वर्ष कतारमा बसेर फर्किएपछि शैलुनसम्बन्धी तालीम लिएर स्वदेशमा नै पेशा शुरु गरेका हुन । विसं २०७१ साउन ६ गते पहिलो सामान्य शैलुनबाट पेशा थालेका उनले त्यसको पाँच वर्षपछि नजिकै रु ५० हजार भाडा तिर्ने गरी शैलुन विस्तार गरेका हुन । शुरुमा उनले मासिक १५ हजार भाडा तिर्ने गरी शैलुन शुरु गरेका थिए भने २० लाख लगानी गरेको उहाँ बताउनुहुन्छ ।
गत वर्षको साउन ६ गते नै सिजी मलमा मासिक एक लाख भाडा तिर्ने गरी कोठा लिएर रु ३० लाख खर्च गरेर सिग्देलले दोस्रो शैलुन शुरु गरे ।यस वर्ष साउन ६ गते अर्को शैलुन दूरसञ्चार रोडमा विधिवत सञ्चालनमा आउँदै छ । जहाँ मासिक रु २० हजार भाडा तिर्नुपर्ने उनको भनाइ छ । तीनवटै शैलुनमा १४ जनाले रोजगारी पाउने छन् । अधिकांशले आफ्नै शैलुनमा काम सिकेका हुन् ।
पपुलर युनिसेक्स शैलुनका नामबाट खोलिएको शैलुनमा तालीम पनि दिइँदै आएको छ । “हालसम्म ४०० भन्दा बढीले तालीम लिई सकेका छन्”, उनले भने । तीमध्ये १४ जनाले यसै क्षेत्रमा आफैँले शैलुन चलाउँदै आएको सिग्देल बताउछन । श्रीमती सुस्मिता र आफूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीबाट तालीम लिएर हाल महिला र पुरुष दुवैको कपाल काट्नेदेखि विवाहमा सजाउनेसम्मको काम गर्दै आएका छन् ।
सिग्देलसँगै तालीम लिएर माडीको वसन्तपुर बजारमा शैलुन चलाउँदै आएका विष्णु मगरले पनि मेहनत गरियो भने स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने धारणा राख्छन । “दैनिक २० जना हाराहारी ग्राहक आउँछन्, आफ्नै देशमा पेशा गर्न म सुझाव दिन्ुछ”, उनले भने । गीतानगरको चोक बजारमा शैलुन चलाउँदै आएका किशोर थापामगरले पनि सिग्देलसँगै तालीम लिएका थिए । उनी पनि तीन वर्ष दुबई बसेर नेपाल फर्किएका हुन । विदेशको भन्दा यहाँ बढी कमाइ हुने गरेको उनले बताए ।। उनले शुरुमा रु २० हजार लिएर ६ महिनासम्म तालीम दिने गर्थे । अहिले रु ५० हजार लिएर ६ महिनाको सबै जान्ने गरी तालीम दिने गरेका छन् ।
स्वदेशमानै थोरै लगानी गरेर राम्रो मुनाफा लिन सकिन्छ भन्ने उदाहारण सिग्देलसँगै यही सीप सिकेर व्यवसाय गरेकाले देखाएका छन् । लकडाउनसँगै स्थानीयप्रतिनै विश्वास बढेर गएको देखिन्छ । नेपालीले खोलेका शैलुनमा पनि केटाकेटीको विवाहको श्रृङगार, कपाल रङ्गाउने, ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । त्यस्ता शैलुनले रु ५० को थ्रेडिङदेखि रु ४० हजार लिएर दुलाहा दुलही श्रृङगार गर्नेसम्मका काम गर्दै आएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु