ठुलाखर्क घटना : ओरोपित व्यक्ति पुर्पक्षको लागि जेल चलान

hand praying in jail

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 180
  •  
  •  
  •  
  •  
    180
    Shares

गुल्मी । मुसिकोट नगरपालिका ८ ठूलाखर्कमा गत भदौ ३ गते साँझको समयमा मदिरा सेवन गरि एक अशक्त महिला माथि हातपात तथा जवरजस्ती करणी उद्योग गरेको आरोप लागेका २५ बर्षीय रेशम विकलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । बुधबार जिल्ला अदालत तम्घासमा भएको थुकछेक वहसमा न्यायधिश राधाकृष्ण उप्रेतीको एकज इजलासले उक्त फैसला सुनाएको होे । उक्त बहसमा सरकारी वकिलको कार्यालयको तर्फबाट जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद शर्मा तथा प्रतिवादीको तर्फबाट अधिवक्ता वेद प्रसाद कुवँरले वहस गरेका थिए ।
फैसलामा आरोपी विकले ठुलाखर्ककी बोल्न, सुन्न नसक्ने अपाङ्गता भएकी एक महिलालाई जवरजस्ती करणीकोे उद्योग गरेको कारण मुलुकी अपराध संहित ऐन २०७४ को दफा २१९ को उपदफा १, २ र सोही संहिताको दफा २१९ को उपदफा ७ वमोजिमको कसूर अपराध गरेकोे ठहर गरिएको छ । यो सँगै करिब १ बर्ष आरोपी जिल्ला कारागारमा थुनामा रहनेछन् । त्यसपछि अदालतको अर्काे फैसलाले थप निर्णय गर्ने अधिवक्ता अनन्तलाल भण्डारीले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो पनि पढ्नुस : मुनपा ८ मा अशक्त महिलामाथि अन्याय, अनावश्यक राजनीति र आरोपी पक्षद्धारा ज्यान मार्ने धम्की

यस प्रकारका उद्योगमा दोषी ठहरिएको खण्डमा मुलुकी अपराध संहित ऐन २०७४ अनुसार साढे ३ बर्ष कैद सजायको व्यवस्था रहेको मुसिकोट नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका भण्डारीले बताए । त्यसैमाथि यस मुद्धामा शारीरिक तथा मानसिक रुपमा अशक्त भएकी महिला भएको कारण अशक्त महिला माथि करणीको उद्योग लागेका ब्यक्तिलाई थप साढे २ बर्षको जेल सजायको व्यवस्था रहेको उनको भनाई छ । जसअनुसार दोषी ठहरिएको खण्डमा कम्तीमा ६ बर्ष जेल सजाय हुन सक्छ । यस अघि यस घटनालाई गत भदौ ८ गते गाँउमै मिलापत्र गराइएको थियो । तर परिवारका अन्य सदस्यलाई थाहै निदई उक्त कार्य गरिएको भन्दै पीडित महिलाकी देउरानी रुपा खरेलले जाहेरी दिएकी थिइन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
7
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु