काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले आजबाट ८९ हजार ४५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । लघुवित्तले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
लिलामी शेयरमा आवेदन दिन चाहनेले कार्तिक २ गतेसम्ममा सेञ्चुरी क्यापिटल तथा सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यलयबाट आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट तथा सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, घोराही, बाग्लुङ तथा महेन्द्रनगरका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । संस्थाले भदौ २५ गतेदेखि असोज २९ गतेसम्म १००% हकप्रद सेयर निष्कासन गरेको थियो । त्यसबेला बिक्री नभएको सेयर अब लिलामीमा ल्याउन लागिएको हो ।