मुसिकोटमा कोरोना संक्रमणको श्रोत भेटिएन, वडा नम्बर ७ पूर्ण रुपमा बन्द गर्ने निर्णय

ड्रोनले खिचेको वामीटक्सारको दृश्य, तस्वीर - रविलाल पौडेल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 332
  •  
  •  
  •  
  •  
    332
    Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । नगरपालिका, वडा नम्बर ७, वडा नम्बर ३ कार्यालय र सुरक्षाकर्मी तथा समुदायका अन्य ब्यक्तिहरुमा पनि संक्रमण देखिएको छ । कर्मचारीको स्वाब संकलनको नजिता ढिलो गरी १२ दिनमा आएको कारण कर्मचारीहरु आईसोलेसनमा बस्न नसकेको कारण पनि समुदायमा संक्रमण फैलिएको हुन सक्ने बताइएको छ। तर कर्मचारीहरुमा कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा कुनै जानकारी भएको छैन् । आफुमा पनि संक्रमण पुष्टि भएसँगै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले सिम्रिक खबरसँग भने, “स्वाब संकलन गरेको १२ दिनमा नतिजा आउँदा गाह्रो भयो, हामीमा कताबाट कसरी संक्रमण देखियो भन्ने कुरा अहिले सम्म पत्ता लागेको छैन।”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नगरपालिकाका स्वास्थ्य उपसंयोजक पुष्कर गौतमले पनि समुदायमा ब्यापक मात्रामा संक्रमण फैलिएको हुन सक्ने आशंका ब्यक्त गरे । शुरुमा संक्रमण देखिए सँगै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा ६९ जनाको परिक्षणमा ६ जनामा कोरोना देखिएको छ । जसमा नगरपालिकाका कर्मचारी सहित समुदाय स्तरका ब्यक्तिहरु पनि रहेका छन् । अझै केही ब्यक्तिहरुको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । थप परिक्षण गरि नगरपालिका क्षेत्र सिल गर्ने या नगर्ने भन्ने विषयमा भन्न सकिने उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वडा नम्बर ७ पूर्ण रुपमा बन्द – यसैविच वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेले वडा नम्बर ७ सिल गरिएको बताएका छन् । नगरपालिकाको केन्द्र समेत रहेको वामीटक्सारमा समुदायमा संक्रमण देखिएसँगै यसको प्रभावकारी ट्रेसिङ्ग र अन्य व्यवस्थापन गर्ने उद्धेश्य सहित ७ नम्बर वडा सिल गरिएको छ । आज राती १२ बजेदेखी लागू हुने गरी एक हप्ता सम्म नगरपालिकाका सबै पसलहरु बन्द गर्ने निर्णय भएको छ । त्यसैगरी उद्योगधन्दा, फर्निचर तथा मिलहरु, सरकारी कार्यालय, बंैक तथा वित्तिय संस्था, विद्यालय ट्युसन सेन्टर सबै बन्द गरिने भएको छ । पुजाआजा, जुलुस नाराबाजी, यातायात सञ्चालन सबै बन्देज गरिएको छ । वामीटक्सार हुँदै अन्य ठाँउमा जाने गाडीहरु चल्न पाउनेछन् । तर यात्रु चढाउने झराल्ने गर्न पाइने छैन । वडाध्यक्ष काफ्लेले सरकारले तोकेको नियम पालना नगरेको खण्डमा संक्रामक रोेग निवारण ऐन २०२० अनुसार कारवाही गरिने चेतावनी दिए । यस अघि नगरपालिकाको कार्यालय तथा वडा नम्बर ३ र ७ का कार्यालयका सेवा पनि बन्द गरिएको छ । हेर्नुहोस वडाले जारी गरेको सूचना ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु