एक जिल्लाबाट अर्को जिल्ला जाँदा सरकारले बनायो यस्तो नियम

निषेधाज्ञामा सुनसान काठमाण्डौ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक ठाँउबाट अर्काे ठाँउमा जाँदा अनिवार्य रुपमा क्वारेन्टीन बस्नुपर्ने नियम बनाएको छ । विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने ब्यक्ति अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने भएको हो । क्वारेन्टीनमा बस्दै गर्दा १४ दिन सम्म कुनै लक्षण नदेखिएमा परिक्षण आवश्यक  नपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको उनले बताए । यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ । विहिबार नेपालमा कोरोनाभाइरसका १२४६ नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । विहिबार ५ जनाको निधन भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको कारण मृत्युहुनेहरुको संख्या ३१७ पुगेको छ । नेपालमा केही दिन देखी कोरोना संक्रमित निको हुने दर बढ्दै गइरहेको छ । विहिबार १८ सय १८ जना निको भइ घर गएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३५ हजार ७ सय पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वुधबार ९१८ जना निको भएका थिए भने मंगलबार २ हजार २८७ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोमबार १७६६ जना निको भएका थिए । यता काठमाडौमा भने संक्रमित दैनिक रुपमा बढीरहेका छन् । उपत्यकामा हालसम्मकै धेरै कोरोनाका बिरामीहरु भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार र काठमाडौँ जिल्लामा मात्रै ४९५ जना, ललितपुरमा ४३ जना तथा भक्तपुरमा ३४ जनामा कोरोना संक्रमित भेटिएका छन् । राजधानीका तीन जिल्लामा गरी उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर ८ लाख १० हजार ४८५ परिक्षण गरिएको छ । देशभर ५८०६ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु