पर्यटन मन्त्रालयको तयारी – हप्तामा दुई दिन सार्वजनिक विदा !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौँ । नेपालमा हप्तामा दुई दिन विदा दिने प्रणालीको विकास गर्न छलफल शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गर्न अध्ययन समिति बनाएको छ। बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बैठकले पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गठन गरेको हो। उक्त कार्यदलमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने गरिनेछ। कार्यदलले हप्तामा दुई दिन बिदा दिनेबारे प्रस्ताव तयार पारिपछि मन्त्रिपरिषदमा पेश गरिने मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै, बैठकले पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभाकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रुपमा कार्यक्रम बनाएर आउँदो अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ। बैठकले हप्ता दिनभित्र हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडाबारे ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ। बैठकमा मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण, अनुगमन, मूल्यांकन र निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका थिए। यस अघि पर्यटन मन्नी योगेश भट्टराईले कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्न मद्धत गर्ने ध्येयले दुई दिन विदा दिने प्रचलनको सुरुवात गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु