२५ लाख खर्चेर बेलायत आएका विद्यार्थी ८ महिनामा रित्तै फर्कंदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 54
  •  
  •  
  •  
  •  
    54
    Shares

लन्डन – बेलायतस्थित हडर्सफिल्ड विश्वविद्यालयमा चार वर्षको भिसा लाग्ने लोभमा चितवनकी एलिना (नाम परिवर्तन) ले फाउन्डेसन इन बिजनेस म्यानेजमेन्ट एन्ड ल कोर्समा आवेदन दिइन् । राइट पाथ करिअर काउन्सिलिङको चाँजोपाँजोमा विश्वविद्यालयकै मानिस काठमाडौं गएर अफर लेटर थमाएपछि उनी थप विश्वस्त भएकी थिइन् । पहिलो पटकको विदेश यात्राको प्रक्रिया । भिसा कति समयमा आउँछ, त्यसमा समेत अनभिज्ञ थिइन् उनी । आवेदन दिएको केही समयपछि भिसा त आयो तर सात महिनाको मात्र । तर, विश्वविद्यालयको शुल्क १३ हजार ५ सय पाउन्ड (करिब २० लाख रुपैयाँ) र अन्य ५ लाखभन्दा बढी खर्च भइसकेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कन्सल्टेन्सीले फाउन्डेसन कोर्स सजिलो छ, सकेपछि बेलायतमै तीन वर्षको भिसा बढ्छ भनेपछि उनले विश्वास गरिन् । गत जनवरीमा बेलायत आएकी उनी हडर्सफिल्ड पुगेपछि मात्र थाहा भयो त्यो लन्डनबाट करिब १९० माइल टाढा रहेको । ‘सुरुमा कन्सल्टेन्सीले विश्वविद्यालयबाट लन्डन, म्यानचेस्टर र लिड्स नजिक छ । कामको चिन्ता लिनु पर्दैन भनेर झुक्यायो,’ उनले गुनासो गरिन्, ‘यहाँ आएपछि त काम पनि पाइएन । लकडाउनले पढाइ पनि अनलाइन मात्र सीमित भयो ।’ तर हाल भने उनको प्रमुख समस्या बेरोजगारी मात्र होइन । विश्वविद्यालयले परीक्षामा अनुत्तीर्ण भएको भन्दै घर फर्कन ताकेता गरेपछि उनी घर न घाट भएकी छन् । केही मोडुलमा दोस्रोपटक फेल भएपछि विश्वविद्यालयले घर फर्कन भनेको उनले बताइन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनको भिसा आउँदो अक्टोबर ७ मा सकिने भएकाले अब नयाँ विश्वविद्यालयले भर्ना लिने सम्भावना ज्यादै न्यून छ । यदि कुनै विश्वविद्यालयले भर्ना लिइहाले पनि थप २० लाख रुपैयाँ जुटाउन ठूलो सकस छ । ‘महामारीले पढ्ने वातावरण पनि भएन । अहिले न पैसा, न पढाइ भयो । यत्तिकै कुन मुख लिएर नेपाल फर्कनु ?’ उनले दुःखेसो पोखिन्, ‘अनलाइन पढाइयो भनेर विश्वविद्यालयले पैसा ‘रिफन्ड’ पनि गरेन । भिसा बढाउन ‘कन्फरमेसन अफ एसेप्टेन्स फर स्टडिज’ (कास) लेटर पनि दिएन ।’ ११ हजार ८ सय पाउन्ड तिरेर फाउन्डेसन इन बिजनेस म्यानेजमेन्ट एन्ड ल कोर्समै आठ महिनाको भिजासहित फेब्रुअरीमा बेलायत आएका काठमाडौंका अनिल (नाम परिवर्तन) को पीडा पनि समान छ । एउटा मात्र ‘मोडुल’ फेल भए पनि विश्वविद्यालयले आफ्नो घर फर्कनुको विकल्प नभएको बताएको उनले गुनासो गरे । विश्वविद्यालयका हरेक निकायमा आफूहरूले अन्तिम मौका दिन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

राइट पाथ कन्सल्टेन्सीले पहिलो वर्षको कोर्स सजिलो हुन्छ, त्यसपछि बेलायतमै तीन वर्ष भिसा थप्ने भनेपछि ढुक्क भएका उनले यस्तो स्थिति आउला भन्ने कल्पना नै गरेका थिएनन् । तर कोभिड–१९ का कारण अनलाइन पढाइमा फोकस हुन नसक्दा उनी फेल भए । विश्वविद्यालयले फेरि लिन अस्वीकार गरेको छ । अक्टोबर ७ मा उनको भिसा सकिँदै छ, थपिने सम्भावना भने नभएको उनले बताए ।‘अर्को विश्वविद्यालय पाए पनि घरबाट पैसा झिकाउन सक्ने स्थिति छैन । नेपाल नै फर्कौं भने पनि हवाई भाडा करिब ३ लाख रुपैयाँ रहेछ,’ उनको दुःखेसो छ । २२ वर्षीय विशाल श्रेष्ठ (नाम परिवर्तन) ले पनि करिब १२ हजार पाउन्ड विश्वविद्यालयलाई तिरेका थिए । तर, आठ महिनाको भिसा पाए । कन्सल्टेन्सीले फाउन्डेसन कोर्स पास भएपछि चारवर्षे भिसा आउने प्रतिबद्धता जनाएको उनको भनाइ छ । फेब्रुअरी १० मा आएका उनी सातमध्ये एउटा मोडुलमा मात्र फेल भए । ‘पहिलो सेमेस्टरमा क्लास लिन पाएर सबै पास भएको थिएँ । तर, दोस्रो सेमेस्टर अनलाइन मात्र भएकाले केही बुझिन अनि फेल भएँ,’ उनले भने, ‘विश्वविद्यालयको इन्टरनेसनल स्टडी सेन्टरमा आफ्नो समस्या सुनाउँदा हामी लिन सक्दैनौं भन्छ । अक्टोबर ७ मा भिसा सकिँदै छ ।’ उनले नेपाल फर्कन हवाई भाडासमेत नभएको बताए । ‘१० घण्टामात्र काम गर्न पाउने अधिकार थियो तर कामै पाइनँ । खानबस्न धौधौ छ । ऋण गरेर आएको कसरी तिर्ने ?’ उनको गुनासो छ । राइट पाथमार्फत आएका उक्त विश्वविद्यालयमा अध्ययनरत करिब एक सय विद्यार्थीमध्ये झन्डै तीन दर्जन विद्यार्थी अनुत्तीर्ण भएका कारण नेपाल फर्कनुपर्ने बाध्यतामा छन् । तीन वर्षको भिसा हुने पनि फेल भएर फर्कनुपर्ने अवस्थामा रहेको विद्यार्थीको गुनासो छ । स्रोत – कान्तिपुर

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु